कला र मनोरञ्जन

वेटरपछि यसरी बनेकी थिइन सन्नी लियोनी ‘पोर्नस्टार’

एजेन्सी – पूर्वपोनस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् ।

Dish Home

सन्नी लियोनी सामान्य परिवारमा जन्मिएकी थिइन् । सन्नीका बुबा पन्जाबी थिए । आमा भने हिमाञ्चल प्रदेश रिमौरीकी थिइन् । सन्नी १३ वर्षको हुदाँ उनको परिवार अमेरिका बसाई सरेको थियो । जब सन्नी १९ वर्षकी थिइन्, त्यो समय उनले जागिर सुरु गरेकी थिइन् । एक बेकरीमा उनी वेटरका रुपमा काम गर्थिन् । पछि टेक्स एन्ड रिटायरमेन्ट फर्ममा नर्सका रुपमा काम गरिन् । त्यहाँ काम गर्दा सहकर्मी साथीहरुले उनलाई मोडलिङ गर्न सुझाउथे । एक साथीले त उनलाई फोटोसुटको अवसर पनि दिलाइन् ।

सन्नीले पेन्टहाउस नामक म्यागजिनका लागि एडल्ट तस्विर खिचाएकी थिइन् । उनको उक्त न्युड तस्विर निकै भाइरल भयो । त्यसपछि सन्नीलाई धेरै ठाउँबाट अफरहरु आए । उनलाई त्यही समयमा पोर्न चलचित्रबाट पनि अफर आएको थियो ।

सन्नीको नाम उनका मातापिताले करनजित कौर राखेका थिए । तर, उनले फोटोसुटको समयमा आफ्नो नाम परिवर्तन गरेर सन्नी लियोनी राखेकी थिइन् । उक्त फोटोसुट पछि उनी २००३ मा ‘विविड इन्टरटेन्टमेन्ट’ नामक प्रोडक्सन हाउसमा अनुबन्धित भइन् । उनी त्यहाँ ३ वर्षको लागि अनुबन्धित भएकी थिइन् । त्यो समयमा उनले ३ दर्जन हाराहरीमा पोर्न चलचित्रमा काम गरिन् ।

सन्नी अमेरिकामा मात्र नभएर विश्वभर नै चर्चामा थिइन् । उनले पोर्न चलचित्रबाट नै धेरै पटक अवार्ड समेत पाएकी छिन् ।

बलिउडमा प्रवेश गर्नुपूर्व सन्नी लियोनी चर्चित रियालिटी शो ‘बिग बोस’मा सहभागी भएकी भइन् । उक्त शोबाट नै उनलाई बलिउड प्रवेशको ढोका खुलेको हो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top