खोटाङमा वडाध्यक्षमाथि आक्रमण


खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उनीमाथी आक्रमण भएको हो । आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।

वडा कार्यालय आवतजावत गर्नेे बाटो स्काभेटरमार्फत मर्मत गराएर घर फर्कने क्रममा अध्यक्ष चौहानलाई सोही स्थानको दारुलाडाँडामा बाटो छेकेर आक्रमण प्रयास गरेको जनाइएको छ । दारुलाडाँडाबाट भागेर हिँडेका अध्यक्ष चौहानमाथि बानाचुङ बजारस्थित लालबहादुर खड्काको घरमा आक्रमण भएको प्रत्येक्षदर्शीले बताएका छन् ।

आक्रमणबाट भाग्न सफल अध्यक्ष चौहानले स्थानीयको मोवाइल नम्बरबाट राति सम्पर्क गरेपछि अहिलेसम्म सम्पर्क बिहिन रहेको नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement