वाउ नेपालकी सोनिका रोकाया प्रहरीको खोजी सूचीमा


काठमाडौँ – आफुलाई मोडल बताउँने परी तामाङ सहित अश्लिल संवाद र यूटयुव च्यालन मार्फत अन्तरवार्ता प्रशारण गरेको आरोपमा फुलचोकी मिडियाका सञ्चालन राजकुमार कुँवरलाई पक्राउ गरेको प्रहरी अहिले अश्लील इन्टरभ्यु लिने र दिने पात्रको खोजीमा जुटेको छ ।

प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाईम’ नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको थियो ।

यूटयुवमा दिअर्थी लाग्ने अन्तरवार्ता लिने अर्कि महिला सोनिका रोकाया पनि अहिले प्रहरीको खोजी सूचीमा छिन् । वाहु नेपाल मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दिअर्र्थी लाग्ने अन्तरवार्ता लिने गरेकी छिन् ।

उनका कतिपय अन्तरवार्तामा अश्लील शब्दहरु प्रष्ट सुनिन्छ ।  फुलचोकी मिडियाका अधिकांश कार्यक्रम प्रति दर्शकहरूको गुनासो थियो । धेरै जनाको बिरोध पछी प्रहरीले यस मिडियाका बिरूद्ध कमद चालेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement