आगामी ३ दिन यी प्रदेशका जिल्लामा वर्षाको उच्च जोखिम (सूचीसहित)

आगामी ३ दिन यी प्रदेशका जिल्लामा वर्षाको उच्च जोखिम (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन हुने वर्षाको उच्च जोखिममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लालाई राखेको छ ।

बुधबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जनाएको छ ।

बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीहरूको प्रभावले बुधबार रातिदेखि असार २९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि विशेष बुलेटिन जारी गरिएको महाशाखाले जनाएको छ ।

आगामी ३ दिन देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरू र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार रातिदेखि असार २९ गते बिहानसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण –