शुक्रवार पनि वर्षा हुने, आईतवार मात्र मौसममा सुधार हुने


काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात शुक्रवार पनि जारी रहने जनाएको छ ।

पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनले शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने बताए । आइतबार भने तुलनात्मक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement