राष्ट्रिय सुरक्षा परिषदबाट संचालित दुई दिने वेबिनार सम्पन्न


काठमाण्डु – राष्ट्रिय सुरक्षा परिषदबाट सञ्चालित दुई दिने वेबिनार कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड–१९ महामारीको कारण भर्चुअल रुपमा संचालित ‘नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने (वेबिनार) आज सम्पन्न भएको हो । उक्त कार्यक्रममा ६ जना विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागीहरुले प्रस्तुतीकरणमाथि आफ्नो धारणा तथा अनुभवहरु साटेका थिए ।

राष्ट्रिय सुरक्षा परिषद सचिवालयका संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डेले उक्त कार्यक्रमबाट प्राप्त भएका सुझावहरु राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष रुपमा जोडिएको नेपालको हिमाली पर्यावरण, पर्वतारोहण सम्बन्धी सुरक्षा तथा पर्यटकीय क्षेत्रमा हुने गतिविधिहरुमाथि नियमन गर्ने नीति निर्माणमा मार्गदर्शक हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement