एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेका सगेन्द्रलाई राखेपको बधाई

एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेका सगेन्द्रलाई राखेपको बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता सगेन्द्र सिंहसहितको टोलीलाई स्वागत गरेको छ।

थाइल्यान्डको बैंककमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट सात खेलाडी सहभागी भएका थिए। नेपालले प्रतियोगितामा एक स्वर्ण पदक जितेको थियो।

नेपालका सगेन्द्र सिंहले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन्। राखेपका सदस्य–सचिव रामचरित्र मेहताले सगेन्द्रलाई राष्ट्रका लागि स्वर्ण पदक जितेकोमा बधाई दिँदै टोलीलाई स्वागत गरे।