माेदीकाे स्वागतका लागि जनकपुरमा तयारी तीव्र : मुख्यमन्त्री देखि मेयरसम्मले सडकमा लगाए झाडु


धनुषा- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न शनिवार जनकपुरमा महासफाई अभियान सम्पन्न भएको छ । महासफाई अभियानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि मेयरसम्मले जनकपुरको सडकमा झाडु लगाएका छन् ।

बिहानै मुख्यमन्त्री राउत, प्रदेश सरकारका मन्त्री, सांसद, नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी, समाजसेवी , रजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधि , शिक्षक, व्यापारी लगायत सयौंको संख्याले सडकमा सरसफाई गरेका हुन् । उनीहरुले जनकपुरको जानकी मन्दिरदेखि हस्पिटल रोड, बाह्रबिघा मैदान र रामानन्दचोकसम्मको सडकमा झाडु लगाउँदै सरसफाई गरेका छन् ।

आउँदो वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीलाई भव्य स्वागत एवं नागरिक अभिनन्दन गर्न जनकपुरलाई तीव्र रुपमा सिँग्रार्नेदेखि मञ्च व्यवस्थापन र स्वागतद्धार निर्माण काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement