पश्चिम सेतिवारे वोल्यो चिनियाँ विदेशमन्त्रालय


काठमाडौं – चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले पश्चिम सेती जलविद्युत परियोजना खारेज नभएको बताएकी  छन् ।

विदेश मन्त्रालयकी प्रवक्ता हु छुयींगले बुधबार वेइजिंगमा अायोजित पत्रकार सम्मेलनमा नेपालमा चिनियाँ लगानीमा संचालित पश्चिम सेति परियोजनालगायत अन्य अायोजनामा कुनै समस्या नभएको बताईन ।

उनले पश्चिम सेती व्यापारिक परियोजना भएको भन्दै परियोजनाको अार्थीक सम्भाव्यता र अरू समस्याको वारेमा दुवै पक्षबीच छलफल चलिरहेको जानकारी समेत दिईन् ।

लगानी बोर्डले समेत वुधवार विज्ञप्ति जारी गर्दै पश्चिमा सेती परियोजना नेपालले खारेज नगरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement