पश्चिम सेतिबाट किन् पछी हट्यो थ्री गर्जेज ? 


काठमाडौं – पश्चिम सेती परियोजनाबाट चिनियां कम्पनीले हात झिक्ने संकेत गरेको छ । चिनियां कम्पनी थ्री गर्जेजले क्षमता घटाएर पनि पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्वीकार गरेको हो ।

बुधबार उर्जामन्त्री बर्षमान पुन,अर्थमन्त्री युवराज खतिवडा सम्मेलित वार्तामा  थ्री गर्जेजका प्रतिनिधिहरुले अहिलेको अवस्थामा पश्चिम सेति परियोजना बनाउन नसकिने संकेत गरेका हुन् । लगानी बोर्डले परियोजनाको क्षमता घटाउने र अमेरिकी डलरमा पीपीए गर्ने प्रस्ताव गर्दा पनि उनिहरुले अनेक बहाना बनाएर परियोजनाबाट पन्छिन् खोजेका हुन् ।

लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले परियोजना कार्यान्वयन चरणमा लैजान आवश्यक काम अघि बढाउन आग्रह गरेका छन् ।

तर, थ्री गर्जेजले आयोजना बनाएर अहिलेको अवस्थामा कुनै फाइदा नभएको बताएको छ । उसले प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको वैठकमा बताएको हो ।

अब यो प्रोजेक्ट कसरी अघि बढाउने भन्ने विषय बोर्डमै लैजाने तयारी भएको अधिकारीले जानकारी दिए । नेपाली टोलीले वार्तामा ७५० मेगावाट क्षमतालाई ६०० मेगावाटमा झारेर भए पनि तत्काल काम अघि बढाउन आग्रह गरेको थियो, तर उनीहरुले तत्काल सम्भव नभएको बताएका छन् । बोर्ड बैठकले पश्चिम सेतीबारे निर्णय गरेपछि थ्री गर्जेजलाई आधिकारीक रुपमा विदा दिईनेछ । ।

प्रतिक्रिया दिनुहोस
Advertisement