राष्ट्रपतिकी श्रीमती खेलाडीसँग मोडलिङमा व्यस्त !


एजेन्सी – इंग्लिस फुटबल टिमका सदस्य एवं चेल्सीका मिडफिल्डर रुबेन लोफ्तुसचिक हालै फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीकी श्रीमतीसँग मोडलिङमा देखिएका छन् ।

चोटका कारण मौदानबाहिर रहेका रुबेनले सार्कोजीकी श्रीमती बार्ला ब्रुनीसँग एक ब्रान्डका लागि हालै मोडलिङ गरेकी हुन् । फेसबन ब्रान्डका लागि बुरबेरीले पछिल्लो पटक बजारमा ल्याउन लागेको साढे ७ लाख रुपैयाँ पर्ने ड्रेसमा दुवैले फोटोसुट गरेका थिए ।

आगामी क्रिसमसलाई लक्षित गरेर आउन लागेको उक्त ब्रान्डको कालो रंगको सुटलाई ३ लाख ३८ हजार रुपैयाँ र उनको डुफेल कोटको मूल्य मूल्य ३ लाख ३३ हजार रुपैयाँ पर्ने गरेको छ ।

खेलाडी भएका कारण एडिडास कम्पनीको प्रडक्टमा मात्र मोडलिङ गरेका रुबेनलाई यो फोटोसुटपछि मोडलिङको क्षेत्रमा पनि ढोका खुलेको फेसन पारखीहरु बताउँछन् । यो खबर आजको साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement