नेदरल्याण्ड्सलाई हराउँदै नेपालको एेतिहासिक जित


काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सलार्इ १ रनले पराजित गर्दै नेपालले एेतिहासिक जित हात पारेको छ। योसँगै नेपालले नेदरल्याण्ड्सविरुद्धको दुर्इ खेलको श्रृखंलामा १–१ को बराबरी गरेको छ।

एकदिवसीय मान्यता पाएको साढे चार महिनापछि डेब्यू गरेको नेपालले शुक्रबार एकदिवसीय खेलमा पहिलो जित हात पारेको हो।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स अन्तिम बलमा सबै विकेट गुमाएर २ सय १५ रनमा समेटिएको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रन जोडेको थियो।

यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए। पारसले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।
सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एकरएक विकेट लिए

प्रतिक्रिया दिनुहोस
Advertisement