फ्रान्सले उचाल्यो विश्वकपको उपाधि, पायो चार अर्ब र १८ क्यारेट सुनको ट्रफी


काठमाडौं– फ्रान्स रसियामा भएको विश्वकपको उपाधि हात पार्न सफल भएको छ।

आइतबार राति मस्कोस्थित लुजिन्की रंगशालामा भएको फाइनलमा क्रोएशियालार्इ ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको हो। यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो।

फ्रान्सको जीतमा एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १–१ गोल गरे।

यस्तै फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो। क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले एक– एक गोल फर्काएका थिए।

उपाधिसँगै फ्रान्सले ३८ मिलियन डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) र १८ क्यारेट सुनको ट्रफी पाएको छ। उपविजेता बनेको क्रोएसियाले २८ मिलियन डलर (२८० करोड रुपैयाँ) पुरस्कार पाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement