सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै झुक्याएर ठगी गर्ने नक्कली प्रहरी पक्राउ


काठमाडौं– आफू सशस्त्र प्रहरी बलको असई भएको भन्दै झुक्याएर ठगी गर्ने एक युवती काठमाडौंमा पक्राउ परेकी छिन्। बालाजुकी कोपिला बोहारालाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफू सशस्त्र प्रहरी वलको प्रहरी सहायक निरीक्षक भएको भन्दै रकम असुल्ने गरेकी थिइन् । प्रलोभनमा पार्न उनले शसस्त्र प्रहरीको पोशाक लगाएको फोटो पनि देखाउने गरेकी थिइन् ।

उनीलाई महानगरीय प्रहरी वृत्त, बालाजुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीबाट हालसम्म ५ जना ठगिएको खुलेको छ ।

उनले असईको युनिफर्म लगाएर प्रहरीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलेको छ । उनले राधा शाहीसँग १ लाख ४५ हजार, रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार रुपैयाँ, जुना कुमारी खड्कासँग १२ हजार, मीना सुनुवारसँग १९ हजार रुपैयाँ लिएको खुलेको छ।

उनले आफ्नो नाम मञ्जु बुढाथोकी बताउँदै ठगी गर्दै आएकी थिइन्। अरुलाई भ्रममा पार्न उनले असईकै युनिफर्म लगाएर हिँड्ने गरेको रुपैयाँ लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement