काठमाण्डु– प्रसूति व्यथा लागेर अस्पताल पुगेकी राजविराजकी एक महिलालाई पैसा नभएको भन्दै २ स्पतालले भर्ना नलिँदा सडकको फुटपाथमै शिशु जन्माएको विषय प्रतिनिधिसभामा उठेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र कर्णले उक्त विषय उठाएका हुन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले आर्थिक अभावका कारण अस्पतालले भर्ना नलिँदा सडकमै शिशु जन्माएकी थिइन् ।
सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी बबिताको साथमा पैसा नरहेको भन्दै अस्पतालले भर्ना लिन नमानेपछि बाध्य भएर फर्किने क्रममा सडकमै बच्चा जन्माउन बाध्य भएको बताए । उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण नागरिकले प्रसूति सेवाजस्तो संवेदनशील उपचारबाटै वञ्चित हुनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न उठाउँदै सांसद कर्णले सरकारसँग जवाफ मागेका छन् ।
अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले पैसा अभावकै कारण भर्ना हुन नपाएको र सार्वजनिक स्थलमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना भएको घटनाबारे सरकार गमभीर बन्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया