महिला टी २० सिरिज : नेपालले तान्जानियासँग प्रतिस्पर्धा गर्दै


काठमाण्डु- हङकङमा जारी चार राष्ट्र सम्मिलित महिला टी २० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले तान्जानियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

हङकङ क्रिकेट क्लबमा जारी खेलमा टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ । इन्दु वर्माको कप्तानीमा नेपाली महिला टोलीको यो पहिलो खेल हो ।

जारी सिरिजमा नेपाल, तान्जानिया, आयोजक हङकङ र जापानको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement