खेलकुद ब्रेकिंग न्युज

साफ महिला फुटबल च्याम्पियनसिप :श्रीलंकालाई ४-० ले हराउँदै फाइनलमा पुग्यो नेपाल

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

dish home

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ । विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो ।

सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो गोल गर्न भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । गीता रानाले प्रहार गरेको फ्रीकिकलाई कप्तान निरु थापाले बाइसाइकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले गरेको पोस्ट चार्ज भने श्रीलंकाली गोल किपरल बचाएकी थिइन् । त्यसैगरी कप्तान निरु थापाले पनि पटक पटक पोस्ट चार्ज गरेकी थिइन् । यसैगरी दोस्रो हाफमा डी बक्सभित्र श्रीलंकाली खेलाडीले ह्याण्ड गर्दा पनि रेफ्रीले पेनाल्टी दिएनन् ।

७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । कप्तान निरु थापालाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले पनि राम्रो फुटबल खेलेकी थिइन् । ८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् । सावित्राको जारी साफमा व्यक्तिगत तेस्रो गोल पनि हो । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् । रेखाको यो पहिलो अन्तर्रा्ष्ट्रिय गोल पनि हो ।

प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top