महिला साफको फाइनलः पहिलो हाफमै नेपालविरुद्ध बंगलादेशले लियाे दुई गोलको अग्रता


काठमाण्डु – साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध बंगलादेशले दुई गोल गरेको छ ।

सोमबार दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३ औँ मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गरेर बंगलादेशलाई अग्रता दिएका हुन् ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको थियो भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिमले महिला साफको उपाधि जित्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement