नारी दिवसकै दिन बोक्सीको आरोपमा कुटिइन किशोरी, प्रहरीले उजुरी दर्ता गर्न मानेन


कैलाली–अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीमा एक किशोरी बोक्सीको आरोपमा कुटिएकी छिन्।

घोडाघोडी नगरपालिकाकी ती किशोरीलाई बोक्सीको आरोपमा स्थानीय गुरुवा (तान्त्रिक) रामबहादुर चौधरी ‘भोला’ ले कुटपिट गरेका हुन्। बोक्सीको आरोप उनलाई डेढ घण्टासम्म निर्घाट कुटपिट गरेको स्थानीयले बताएका छन् ।

कुटपिटबाट बेहोस भएकी ती किशोरीको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। किशोरीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट हुँदा समेत प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन।

कुटपिट गर्ने चौधरीविरुद्ध उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता नमानेको उनका आफन्तले बताएका छन्।

दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको जानकारी इलाका प्रहरी कार्यालय सुखडले दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए। यद्यपी, घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement