क्रेस्टोभस्काई स्टेडियममा तेस्रो स्थानका लागी भिड्दैछन् बेल्जियम र इंग्ल्यान्ड


काठमाडौं– रसियामा जारी विश्वकप फुटबलमा शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्ड भिड्दैछन्। यसअघि समूह जीको अन्तिम खेलमा इंग्ल्यान्डलाई बेल्जियमले पराजित गरेको थियो । सेमिफाइनल खेलमा भने बेल्जियम फ्रान्ससंग र इंग्ल्यान्ड क्रोएसियासंग पराजित भएका थिए ।

खेल नेपाली समयअनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार हुने इंग्ल्याण्ड र बेल्जियमबीचको खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि भिड्दैछ ।

दुवै टोली विश्वकप विजेताको दाबेदार मानिएपनि दुवैको सपना फ्रान्स र क्रोएसियाले पुरा हुन् दिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement