विश्वकपको फाइनलमा शतक बनाएर हेडले बनाए यस्ताे कीर्तिमान

विश्वकपको फाइनलमा शतक बनाएर हेडले बनाए यस्ताे कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अष्ट्रेलियाले आइतबार छैटौं पटक विश्व च्याम्पियनको उपाधि जितेको छ । अष्ट्रेलिया सबैभन्दा धेरै पटक विश्वकप जित्ने टोली हो।फाइनल खेलमा भारतलाई पराजित गर्दै अष्ट्रेलियाले पूरै प्रतियोगितामा एकपछि अर्को १० खेल जितेको थियो।

आइतबार भएको फाइनल खेलमा ट्राभिस हेडले १३७ रनको इनिङ खेले । योसँगै उनी रिकी पोन्टिङ र गिलक्रिस्टपछि विश्वकपको फाइनलमा शतक बनाउने तेस्रो अष्ट्रेलियाली खेलाडी बनेका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान एडम गिलक्रिस्टले यो जित खेलको इतिहासमा सबैभन्दा ठूलो जित भएको बताएका छन् । अष्ट्रेलियाको ६ विकेटको जितमा गिलक्रिस्टले ट्वीटरमा लेखेका छन्, ‘मलाई यो अष्ट्रेलियाली टोलीमा गर्व छ । मेरो अनुसार उनीहरुले यो विश्वकप जितेको तरिका र परिस्थिति हाम्रो खेलकुद इतिहासको उत्कृष्ट जित हो । यो उत्सव मनाउने समय हो।’

सन् २००७ मा एडम गिलक्रिस्टले विश्वकपको फाइनल खेलमा श्रीलंकाविरुद्ध १४९ रनको इनिङ खेलेका थिए । आइतबारको खेलमा ट्राभिस हेडले १३७ रन र मार्नस लाबुसचेनले अविजित ५८ रन बनाए । दुवैले चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे जसले खेललाई पूर्ण रूपमा अस्ट्रेलियाको पक्षमा पुर्यायो।