नेपालको अर्थतन्त्रमा सुधारः ७.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व वैंकको दावी  


काठमाडौं– विश्व बैंकले नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृषी क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्लेषण गरेको छ ।  

चालु आर्थिक वर्ष (२०१९) मा नेपालको आर्थीक वृद्धि हुने भएपनि सरकारी खर्च राम्रो नभएको र तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी परियोजनाजस्ता ठूला परियोजना पछि धकेलिएको उल्लेख गरेको छ । 

बैंकले औद्योगिक उत्पादनको वृद्धिदर पनि उच्च रहेको जनाएको छ । त्यसमा विजुलीको सहज उपलब्धताका कारण देखाइएको छ । यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने ठहर विश्व वैंकले गरेको छ । 

विश्व वैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७.५ प्रतिशतले विस्तार हुने र खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति राम्रो भएको उल्लेख गरेको छ ।

विश्व वैंककाअनुसार कृषि क्षेत्रमा मात्रै  यस वर्ष ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३.१ प्रतिशत भन्दा उच्च भएको जनाएको छ । सिंचाई पुर्वाधार विस्तार, बढ्दो ब्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिंचाइ पूर्वाधारको विस्तार  र समयमा वर्षा भएकाले पनि कृषी क्षेत्र विस्तारमा सहयोग पुगेको दावी गरिएको छ ।  

मुलुकमा निजी लगानी र उपाभोग बढनुले नै ७ अंक माथिको आर्थिक वृद्धि भएकोे विश्व बैंकको निश्कर्ष छ ।यो वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने विश्व वैंकको रिपोर्टमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement