कतार विश्वकप: सेनेगलको पहिलो जित


काठमाण्डु- कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ ।

अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो । सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन राष्ट्र हो ।

खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।

जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

कतारको यो लगातार दोस्रो हार हो । कतार अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement