विश्वकपमा सर्वियाले हरायो कोष्टारिकालाई


काठमाडौं– रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा सर्वियाले कोष्टारियालाई पराजित गरेको छ।

समूह ई अन्तर्गत सामरा स्टेडियममा भएको खेलमा कोष्टारिकालाई १–० ले हराउँदै सर्वियाले महत्वपूर्ण ३ अंक बटुलेको हो।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको ५६ औं मिनेटमा सर्वियन क्याप्टेन अलेक्ज्याण्डर कोलारोभले गोल गरे।

फ्रि–किकमा लेफ्ट फुटेड शट प्रहार गरेका कोलारोभको आक्रमण कोष्टारिकाका गोलरक्षक केलर नाभासले राम्ररी जज गर्न सकेनन् र जाली चुम्न पुग्यो । खेलमा कोष्टारिकाले गोलका केही अवसर बुनेपनि त्यो सफल हुन सकेन ।

पहिलोपटक आमने सामने भएका यी दुई टोलीबीच श्रेष्ठताको भिडन्तमा सर्वियाले बाजी मार्‍यो ।

समूह ई मै रहेका ब्राजिल र स्वीजरल्याण्डबीचको खेल आइतबार राति पौने १२ बजेपछि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement