यसकारण विश्वकपको उपाधि भारतले जित्ने सम्भावना बढी


काठमाण्डु- विश्वकप क्रिकेट उपाधिका लागि आयोजक भारत र अस्ट्रेलिया आइतबार भिड्ने भएका छन् ।

गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि आइतबार भारतले अस्ट्रेलियासँग भिड्ने भएको हो । यसपटक भारतको फाइनल सम्मको यात्रा अस्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो ।

अस्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अस्ट्रेलिया तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई सहजै हराउँदा अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि जित निकाल्न संघर्ष गर्नुपरेको थियो ।

जसअनुसार जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको छ । भारत अपराजित एक्लो टोली हो । अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।

सेमिफाइनलमा भारतले ३ सय ९८ रनको विशाल लक्ष्य दिदैँ न्यूजिल्याण्डलाई सजिलैसँग हरायको थियो । तर, सेमिफाइनलमा साउथ अफ्रिकाको २१२ रनको लक्ष्यपनि पार गर्न अस्ट्रेलियाले निकै संघर्ष गर्नुपरेको थियो । यो विश्वकममा अस्ट्रेलियाको तुलनामा भारतका ब्याट्सम्यान र बलर राम्रो फममा छन् ।

त्यस्तै अहमदाबादको पिचमा पनि भारतका बलर र ब्याट्सम्यान चम्किने सम्भावना छ । भारतीय टोलीका ११ मध्ये जारी विश्वकपमा १० खेलाडीको कीर्तिमान उत्कृष्ट देखिन्छ । यो विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा भारतका ५ खेलाडी रहेका छन् । जसमा विराट कोहली ७११ रनको अग्रतामा छन् ।

बलरको सूचीमा भारतका सबै पाँच बलर देखिन्छन् । त्यस्तै भारतका बलर मोहम्मद शामी अन्य ९ टोलीमध्येका सबैभन्दा सफल बलर हुन्।त्यसकारण हालको विश्वकपमा अष्ट्रेलियाको तुलनामा भारत निकै बलियो देखिएको छ ।

अर्कोतर्फ आफ्ना समर्थकहरुको नजरमा भारतीय टोली विश्व कप जित्नका लागि अति नै योग्य छ । सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा त्यहि सफलता दोहोराएको थियो ।

फाइनल अघि कप्तानले के भने ?

रोहित शर्मा (भारत) – हामीलाई अपेक्षाहरू, दबाब र आलोचना थाहा छ । यो अहिलेको मात्र होइन, यो पहिलो खेल देखि हुँदै आएको छ । हामीले ड्रेसिङ रुमलाई शान्त राख्ने प्रयास गरेका छौं । मैदानमा पनि, जब हामी दबाबमा परेको अवस्था हुन्छ, हामी शान्त रहन प्रयास गर्छौं र त्यहि अनुसार प्रतिक्रिया दिन्छौं ।

प्याट कमिन्स (अष्ट्रेलिया)- भोली अहमदाबादमा समर्थन स्पष्ट रूपमा धेरै एकतर्फी हुनेछन् । तर, कुनै पनि खेलमा ठूलो भिडलाई चुपचाप गराउनु भन्दा सन्तोषजनक केहि हुँदैन र भोलि हाम्रो लागि लक्ष्य त्यहि हुनेछ । ?

प्रतिक्रिया दिनुहोस
Advertisement