यी हुन् भारतको खेल बिगार्न सक्ने अस्ट्रेलियाली खेलाडी


काठमाण्डु- एकदिवसीय विश्वकप क्रिकेटको सबैभन्दा रोमाञ्चक खेल आइतबार हुँदैछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा जित्ने टोली विश्व च्याम्पियन बन्नेछ।

फाइनलमा एकातिर भारतीय टोली छ, जसले पूरै प्रतियोगितामा एक खेल पनि हारेको छैन। खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण अहिलेसम्म अपराजित टीम इन्डियाको आत्मविश्वास चरम उत्कर्षमा पुगेको देखिन्छ ।

अर्कोतर्फ अष्ट्रेलियाको टोली पनि लिग खेल र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि बलियो लयमा देखिएको छ । भारत १२ वर्षपछि चौथो पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । जहाँ यसपटक अस्ट्रेलियाको टोली आठौं पटक फाइनलमा पुगेको छ । तर, भारतको प्रदर्शन र फर्मलाई हेर्दा क्रिकेट फ्यानहरूले टीम इन्डियालाई क्लियर कट विनर मान्न थालेका छन्।

तर, पछिल्लो केही खेलमा अस्ट्रेलियाली टोलीका केही खेलाडीले देखाएको असाधारण प्रदर्शनका कारण अहिले फाइनलमा भारतको खेल बिगार्न सक्ने खेलाडीको चर्चा छ ।

यस्तो अवस्थामा भारतीय टोलीले अष्ट्रेलियाका ब्याट्सम्यानसँग बढी सजग रहनुपर्नेछ । अष्ट्रेलियाको ब्याटिङ लाइनअपले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेको छ ।

चरम दबाबमा अभूतपूर्व प्रदर्शन गर्दै अफगानिस्तानविरुद्ध आफ्नो टोलीलाई जित दिलाउन सफल ग्लेन म्याक्सवेल होस् वा सुरुवाती ब्याटिङले विपक्षी टोलीको मनोबल चकनाचुर पारेका डेभिड वार्नर होस् ।

त्यस्तै तिव्र गतिका बलर मिचेल स्टार्कलाई विश्वकपको बलर समेत भन्ने गरिन्छ । २०१५ र २०१९ को विश्वकपमा उनी सर्वाधिक विकेट लिने बलर हुन् । नयाँ बलका साथ उनको स्विङ बल निकै महत्त्वपूर्ण हुनेछ ।

भारतिय ब्याटर स्विङ बलमा संघर्ष गर्दै आएका छन् । भारतले सुरुवातमा विकेट नगुमाएको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ । मिचेलले आफ्नो स्विंङ र योर्करका साथ सुरुवातमा विकेट लिन सके खेलमा टोलीलाई हाबी बनाउन सक्छन् ।

यी ब्याट्सम्यानबाट चुनौती सामना गर्न सकिन्छ

अष्ट्रेलियाका ब्याट्सम्यानले रन पछ्याउने दबाबको सामना गर्ने र ठूलो स्कोर बनाउने क्षमता देखाएका छन् विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कुरा गर्ने हो भने प्रदर्शनका आधारमा अष्ट्रेलियाका तीन ब्याट्सम्यान शीर्ष १२ मा परेका छन् ।

अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले विश्वकपका १० खेलमा ५२.८० को औसतमा ५२८ रन बनाएका छन् । जसमा दुई शतक र दुई अर्धशतक समावेश छ ।

आक्रामक ब्याटिङका ​​लागि चर्चित वार्नर विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा छैटौं स्थानमा छन् । उनी बाहेक ब्याटिङमा मिचेल मार्सको प्रदर्शन उत्कृष्ट रहेको छ । उनले खेलेका नौ खेलमा ५३.२५ को औसतमा ४२६ रन बनाएका छन् ।

उनी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा नवौं स्थानमा छन् । उनले यो विश्वकपमा अहिलेसम्म दुई शतक प्रहार गरिसकेका छन् । यस बाहेक ग्लेन म्याक्सवेल पनि यो सूचीमा १२ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement