यू-१९ विश्वकप क्रिकेट : सेमिफाइनलको समीकरण पुरा


काठमाण्डु – दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् ।

यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो । १६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ । नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ ।

अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ । त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement