काठमाण्डु – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले जित निकालेको छ।
आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले २–० गोल अन्तरले जित निकालेको हो। यो जित सँगै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ।
खेलको ४०औं मिनेटमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डको सुरुवाती अग्रतालाई कायमै गरेका थिए। त्यस्तै, खेलको १०औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्डविरुद्ध अल्जेरियाले प्रयास गर्दा पनि कुनै गोल फर्काउन सकेन।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलको विजेतासँग खेल्नेछ ।




प्रतिक्रिया