विश्वकप फुटबल : प्रि-क्वाटरफाइनल समीकरण पूरा, कुन टिमको खेल कहिले ? (तालिकासहित)

विश्वकप फुटबल : प्रि-क्वाटरफाइनल समीकरण पूरा, कुन टिमको खेल कहिले ? (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी फिफा विश्वकप फुटबल प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

नकआउट चरणको अन्तिम खेलमा शनिबार घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को सबै खेल सकिएको हो ।

विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको हो ।

चार पटकको पूर्वविजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केब भर्डेजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।

अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने छन् ।

प्रि–क्वाटरफाइनलको पहिलो खेलमा शनिबार राति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा आइतबार बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ । त्यस्तै ब्राजिल र नर्वेबीच आइतबार मध्यराति पौने २ बजे खेल हुनेछ ।

सोमबार बिहान पौने ६ बजे मेक्सिको र इंग्ल्यान्डले खेल्ने छन् । सोमबार मध्यराति पौने १ बजे पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान पौने ६ बजे आयोजक अमेरिका र बेल्जियमबीच खेल हुनेछ ।

त्यस्तै मंगलबार रातको पौने १० बजे अर्जेन्टिना र इजिप्ट तथा मध्यराति पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्नेछन् ।