विश्वकप फुटबल : रोमाञ्चक जितसँगै इङ्गल्यान्ड क्वाटरफाइनल, मेक्सिको बाहिरियो

विश्वकप फुटबल : रोमाञ्चक जितसँगै इङ्गल्यान्ड क्वाटरफाइनल, मेक्सिको बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकपको अन्तिम १६को रोमाञ्चक र तनावपूर्ण खेलमा इङ्गल्यान्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलको पहिलो हाफ इङ्गल्यान्डको पक्षमा रह्यो ।

१० खेलाडीमा सीमित इङ्गल्यान्डका बुकायो साकाको पासमा जुड बेलिङघमले खेलको ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै अर्थात ३८औँ मिनेटमा कप्तान ह्यारी केनको पासमा बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढेको थियो । तर, ४२औँ मिनेटमा मेक्सिकोका जे। क्विनोनेसले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५४औँ मिनेटमा इङ्गल्यान्डका जे क्वान्साले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा झरे पनि दबाबमा नआएको इङ्गल्यान्डले ६०औँ मिनेटमा पेनाल्टी पायो, जसलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै खेल ३–१ को स्थितिमा पुर्‍याए ।

खेलको अन्तिम समयतिर मेक्सिकोले बराबरी गर्ने भरमग्दुर प्रयास गरे पनि इङ्गल्यान्डको रक्षापंक्तिले त्यसलाई असफल तुल्याउँदै जित सुनिश्चित गर्‍यो ।