विश्वकप फुटबल : कोलम्विया भर्सेस जापान, कस्ले मार्ला बाजी ?’


काठमाडौं – फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको आज अन्तिम दुई खेल हुदैछन् । समूहगत खेलको पहिलो चरणको अन्तिम दुई खेलमा आज जापान कोलम्बिया तथा पोल्याण्ड र सेनेगल आमने सामने हुँदैछन् ।

समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो ।

कोलम्बिया जेम्स रोड्रिगेज, फाल्काओ जस्ता विश्वकपबाट उदाएका खेलाडीहरुको अनुभव लिएर मैदानमा उत्रिनेछ । कोलम्बिया विरुद्ध जितका लागि उभिएको छ जापान ।जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ ।

तर जापानको विश्वकप सहभागिता सहभागितामात्रै सीमित बनिरहेको अवस्थामा यो पटक भने जापान जितको खोजीमा पक्कै छ । जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको छ । तीन खेल बराबरी गरेको छ । १० खेलमा पराजित भएको छ । तुलनात्मक रुपमा जापान भन्दा कोलम्वियाको बलियो र अनुभवी राष्ट्र हो । यी दुईको खेल नेपाली समय अनुसार पौने ६ बजे मार्डो्भिया एरेनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement