विश्वकप : उरुग्वेसँग इजिप्ट एक गोलले पराजित


काठमाडौं– विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ शुक्रबारको खेलमा उरुग्वेले इजिप्टलार्इ पराजित गरेको छ। खेल सकिन एक मिनेट बाँकी रहदा जोसे मारिया ग्यामिनेजले हेडिङमार्फत गोल गरेपछि इजिप्ट स्तब्ध बनेको हो।

दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए ।

मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेदेपनि अन्तिम समयसम्म उरुग्वेले जित हासिल गरेको हो।

त्यसअघि उरुग्वेका लुइस सुआरेज र इडिसन काभानी पटक पटक गोल गर्न चुकेका थिए। २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकै बल पाएपनि गोलपोष्ट बाहिर प्रहार गरेका थिए।

७३ औं मिनेटमा सुआरेज बलअघि बढाउँदै गोलपोष्ट नजिक पुगेपनि इलसेनवाइलार्इ रोक्न सफल भए। ८३औं मिनेटमा भने इडिसन काभानीले सुआरेजले हेडमार्फत उपलब्ध गराएको पासमा गरेको शशक्त प्रहारलार्इ गोलकिपर इलसेनवाइले उत्कृष्ट बचाउ गरेका थिए ।

जितसँगै समूह ए मा उरुग्वेले ३ अंक जोडेको छ। उरुग्वे दोस्रो स्थानमा छ। उद्घाटन खेलमा साउदी अरेबियाविरुद्ध ५–० को जित निकाले रसिया शीर्षमा छ। पराजित इजिप्ट तेस्रो स्थानमा छ भने साउदी चौथो स्थानमा छ।

सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेलेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement