विश्वकपबाट बाहिरियो मोरक्को


काठमाडौं– अफ्रिकन टिम मोरक्को रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

बुधबार भएको समूह बी को खेलमा पोर्चुगलसँग १–० गोलले पराजित भएसँगै मोरक्को समूह चरणबाटै बाहिरिएको हो। मोरक्को समूह चरणबाट बाहिरिने पहिलो टिम बनेको हो।

रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलमा खेलको चौथो मिनेटमै रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले हेडमार्फत गोल गरी सुरुवातमै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र त्यही गोल पोर्चुगलको जितमा निर्णायक बन्यो ।

पहिलो हाफमा पोर्चुगलले मोरक्कोलाई दवावमा रोखेको थियो । गोलका अलावा रोनाल्डोका अन्य केही प्रहार मोरक्कोको रक्षापंक्तिले बिफल पारिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement