नेपालको वनस्पतिबाट विश्वको सेवा गर्न सक्छौंः मन्त्री बस्नेत


काठमाडाैँ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपालकाे वन जंगलमा पाइने वनस्पतिको उपयोगबाट विश्व समुदायको हितमा महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । नेपाल वनस्पति र जडिबुटीका हिसाबले धेरै नै धनी रहेको चर्चा गर्दै उनले त्यसको सही उपयोग गर्न चुकेको बताएका हुन् ।

उनले वर्तमान सरकार संरक्षण र उपयोगको सन्तुलनकारी विधि मार्फत वनस्पतिलाई मानव समुदायको हितमा हुने गरी काम गर्ने प्रतिबद्ध रहेको स्पष्ट पार्दै भने ‘वनस्पतिलाई जीवनका लागि उपयोग गर्ने बारेमा प्रयास र प्रयत्न बढाउनुपर्छ’, वनस्पतिविभागको ५८ औं वार्षिकोत्सव तथा १९ औं वनस्पति दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले भने ।  ‘हाम्रो वनस्पतिलाई नेपाल र नेपालीकालागिमात्रहोइन, विश्व समुदायलाई केही न केही योगदानगर्न सकिन्छ ।’

त्यसका लागि आवश्यक नीतिगत, कानूनी र संरचनागत सुधारमा पर्याप्त ध्यान दिएर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको उनकाे भनार्भइ थियो । नेपाल प्रकृति र परम्पराका हिसाबले धेरै धनी भएर पनि विगतमा त्यसबाट पर्याप्त ध्यानदिन नसकिएको चर्चा गर्दै मन्त्री बस्नेतले भने, ‘अथाह सम्भावनाहरु छन् । मुलुकको आवश्यकता र जनताको आवश्यकतलाई यथोचित ढंगले सम्बोधन गर्नका लागि इमान, दृढता र जिम्मेवारी बोधका साथ लागि पर्ने प्रतिबद्धता व्यक्तगर्न चाहन्छु ।’

उनले परम्परागत ज्ञानलाई विज्ञानसँग जोडेर नयाँ प्रविधिका रुपमा विकास गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै त्यसका लागि भएका अप्ठेरा र चुनौती हटाउन सरकार प्रतिबद्ध रहेको बताए । नतिजामुखी कामका लागि संस्कारमा परिवर्तन जरुरी रहेको उनकाे दावी थियाे ।

‘वनस्पतिलाई जीवन र समृद्धिका लागि संरक्षण र सदुपयोगको एकीकृत योजनाबनाएर अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले वनस्पतिको अनुसन्धान, उत्पादन तथा बजारीकरणलाई प्रशोधन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement