विश्वकै धनाढ्य बेजोस आफ्नै रकेटमा अन्तरिक्ष जाँदै


एजेन्सी – विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस आफ्नै रकेटमा आज अन्तरिक्षतर्फ जाँदैछन् ।

बेजोस आफ्नै कम्पनी ब्लु ओरिजिनको यानमा भाई मार्क बेजोस, ८२ वर्षकी अन्तरिक्ष यात्री वाली फंन्क र १८ वर्षका विद्यार्थी सहित अन्तरीक्षतर्फ जान लागेका हुन् । सीबीएस न्युजका अनुसार बेजोसले अन्तरिक्षमा जान लागेपछि एकदमै उत्साहित भएका छन् ।

बेजोसलाई उदृत गर्दै सीबीएसले लेखेका छ, ‘मानिसहरु के म अत्तालिएको छु भनेर सोधिरहेका छन् । म अत्तालिएको छैन । बरु म एकदमै उत्साहित छु, जिज्ञासु भएको छु । त्यहाँ पुगेर मैले के देख्छु र सिक्छु । त्यो म जान्न चाहन्छु ।’

केहि समयअघि मात्रै बेलायती अर्बपति रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्रा गरेर फिर्किएका थिए । उनी आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement