विश्व विजेता फ्रान्सेली टोलीलाई भव्य स्वागत : पांच लाख समर्थक लामबद्ध (तस्बिरसहित)


पेरिस – रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सेली फुटबल टोलीलाई सोमबार स्वदेशमा भव्य स्वागत गरिएको छ।

विश्वकपको उपाधि जितेर आएको टोलीलाई पेरिसमा पाँच लाख भन्दा धेरै मानिसले स्वागत गरे । पेरिसमा विश्व विजेता टोलीलाई स्वागत गर्न जम्मा भएको लाखौँ मानिसले परेड गरे । फ्रान्सेली टोलीलाई पेरिसको चार्ल्स डी गाउली विमानस्थलमा स्वागत गरे ।

फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो। यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो। त्यसपछि पेरिसमा टोलीलाई घुमाइएको हो । टोलीलाई फ्रान्सले देशकै सबैभन्दा उच्च स्तरको सम्मान लिगिओन डी’अनर पनि दिइने छ ।

फ्रान्सेली समर्थकले रातभर फ्रान्सका विभिन्न शहरमा पार्टी गरेका छन् । त्यसक्रममा अवस्था शान्त नहुँदा प्रहरीले अश्रु ग्यास पनि चलाउनु परेको थियो । ४९ वर्षका उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप उचाल्ने तेस्रो व्यक्ति हुनन् । ब्राजिलका मारिओ जागालो र जर्मनीका फ्रान्ज बेकेनबाउनले यसअघि नै यो उपलब्धी हाँसिल गरेका थिए ।

उनीहरुलाई स्वागत गर्न राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पुगेका थिए । रुसमा गत एक महिना चलेको २१ औँ संस्करणको विश्वकप फूटबल प्रतियोगिता आइतबारबाट सकिएको छ भने २२औँ संस्करण सन् २०२२ मा कतारमा हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement