विश्वकपमा आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल भिड्दै


एजेन्सी–विश्वकप फुटबलअन्तर्गत आजदेखि क्वाटरफाइनलका दुई महत्वपूर्ण खेल हुंदै छन् । रसियामा जारी विश्वकपमा आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल भिड्दैछन् । आजको खेलमा फ्रान्स र उरुग्वे नेपाली समयअनुसार ७ः४५ मा भिड्दैछन् । त्यस्तै दोस्रो खेलमा ब्राजिल र बेल्जियम भिड्दैछन् । दुवै टिमको खेल राति ११ः४५ मा हुनेछ ।

आजको सबै खेललाई निकै महत्वका साथ हेरिएको छ । चारै टोलीले विश्वकपमा निकै उत्कृष्ट प्रदर्शन गरेका छन् । २००२ देखि सेमिफाइनलसम्म पनि पुग्न नसकेको ब्राजिलले यसपटकको विश्वकपमा भने निकै राम्रो खेल प्रर्दशन गरेको थियो ।

प्रिक्वाटरपाइनलमा उरुग्वेले पोर्चुगल, फ्रान्सले अर्जेन्टिना, ब्राजिलले कोलम्बिया र बेल्जियमले जापानलाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement