चीनियां राष्ट्रपति सी जिनपिङ आज आउंदै,यस्तो छ भ्रमणतालिका


काठमाडौंचीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउंदैछन् राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि नेपालमा भ्रमणमा आउन लागेका हुन् नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्ने भएकी छन् प्रधानमन्त्री केपी ओलीसहित मन्त्रिपरिषद्का सदस्यहरू पनि स्वागतका लागी विमानस्थल जानेछन्

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम समेत छ

सन् १९९६ मा तत्कालीन चिनियां राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियां राष्ट्र प्रमुखबाट नेपालको भ्रमण हुन लागेको हो

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम छ

यस्तो छ भ्रमण तालिका-

शनिबार

बेलुकी ४ः३० बजे त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा अवतरण

६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसंग शीतलविनासमा भेटवार्ता

७ः३० बजे राष्ट्रपति सीको सम्मानमा सोल्टी होटलमा रात्रिभोजमा सहभागी

आइतबार

बिहाज १०ः ३० नेकपा अध्यक्ष प्रचण्डसंग भेटवार्ता

११ बजे प्रधानमन्त्री ओलीसंग भेटवार्ता त्यसपछि द्धिपक्षिय सम्झौतामा हस्ताक्षर

१२ः३० कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता

१ बजे स्वदेश फिर्ता

प्रतिक्रिया दिनुहोस
Advertisement