राष्ट्रपति भएपछि पहिलोपटक तिब्बत पुगे सी


एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वशासित क्षेत्र तिब्बत पुगेका छन् । तिब्बत स्वायत्त प्रदेशको प्रशासनिक र धार्मिक राजधानी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ल्हासा पुगेका हुन् ।

राष्ट्रपति सीले तिब्बतको स्विजरल्याण्ड भनेर चिनिने निनिचीका बासिन्दाहरूलाई सम्बोधन गरेका छन् ।

उनी बुधबार भारतीय सीमानजिकको सहर निङ्चीबाट रेल चढेर बिहीबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए । सी राष्ट्रपति भएपछि पहिलोपटक तिब्बत पुगेका हुन् ।

उनी यसअघि सन् २०११ मा उपराष्ट्रपति भएका बखत तिब्बत भएका थिए । उनले तिब्बतमा हुँदा ल्हासास्थित द्रेपुङ गुम्बा, बारखोर सडक तथा पोताला दरबारको पटांगिनीको समेत भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement