७ तस्बिरमा हेर्नुहोस् : चिनियाँ राष्ट्रपति सि जिनपिङले विद्यार्थीसँगै उचाले बेल्चा र बाल्टी


काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएका छन् ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आफैँ बाल्टी र बेल्चा उठाएका हुन् ।

राष्ट्रिपति सीले बेल्चा उठाएर माटो फालेका थिए भने विरुवामा पानी पनि हालेका थिए । कार्यक्रममा राष्ट्रपति सिले भने, ‘चीनको लामो समयसम्म राम्रो परम्परा रहेको छ । चिनियाँले हाम्रा कानुनी कर्तव्यहरू पूरा गर्न रूखहरू लगायौं ।’

रूख रोप्ने कार्यक्रम पनि एक सुन्दर चीन निर्माण गर्ने काम रहेको उनले दावी गरे । राष्ट्रपति सीले विद्यार्थीसँग उनीहरुको शैक्षिक क्रियाकलापबारे पनि कुराकानी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement