प्रधानमन्त्री ओलीलार्इ चिनियाँ राष्ट्रपतिकाे यस्ताे सरप्राइज!


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे क्रममा नयाँ इतिहास कायम हुने भएकाे छ।

यसअघि नेपालका प्रधानमन्त्री चीन भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता भएपछि मात्र चिनियाँ राष्ट्रपतिसँग भेट हुने गर्दथ्याे। २०७२ मा पहिलाे पटक प्रधानमन्त्री बन्दा चीन भ्रमणमा गएका अाेलीले पहिले त्यहाँका प्रधानमन्त्रीसँग भेट गरेर मात्र राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

तर, याे वर्ष अाेलीले पहिले राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरेर मात्र  चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता  गर्ने भएका छन्।

अाेली र सीबीच बुधबार चीनको ग्रेट हल अफ द पिपलमा भेटवार्ता हुँदैछ। त्यससँगै अाेलीले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नेछन्।   मंगलबारदेखि चीन भ्रमणमा रहेका अाेलीसँग ओली मंगलबार चीन भ्रमणमा गएका थिए।

सीसँग भेट हुनुअघि प्रम ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement