नेपालसंग मिलेर अघि बढ्न चाहन्छौंः चिनियां राष्ट्रपति सी


काठमाडौं –चिनियां राष्ट्रपति सी चिनफिङले नेपालसंग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् । दुई देशबीचको ६५ औं वर्षगांठको अवसरमा चिनियां राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसंग बधाइ सन्देश साटासाट गर्दै सो कुरा बताएका हुन् ।

उनले चीनले नेपालसंगको सम्बन्धलाई अत्यधिक महत्व दिएको दावी समेत गरेको चिनियां समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसंग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले क द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् भन्ने चाहना समेत व्यक्त गरेका छन् ।

चिनियां राष्ट्रपति सीले दुवै देशको सम्बन्ध मजबूत रहेको र दुवै देशका नागरिकहरुले अधिक लाभ लिन लिने र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement