चिनियां राष्ट्रपति सी जिनफिङ तेस्रो पटक महासचिव चयन, यस्तो छ नयां नेतृत्वको टिम


वेइजिङ- चिनियां राष्ट्रपति सी जिनफिङ तेस्रो पटक महासचिव चयन भएका छन् । बेइजिङमा सम्पन्न भएको चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनमा जिनफिङ तेस्रो पटक महासचिव चयन भएका हुन् ।

चीनको सर्वोच्च नेता जिनफिङ महासचिवका साथै केन्द्रीय सैनिक आयोगको अध्यक्ष समेत हुन् । बेइजिङमा शनिवार सम्पन्न भएको महाधिवेशनमा २ सय ५ सदस्यीय केन्द्रीय समिति र १ सय ७१ सदस्यीय वैकल्पिक केन्द्रीय समिति घोषणा भएको थियो ।

चीनमा २०१८ मा दुई कार्याकाल राष्ट्रपति हुन पाउने नियम हटाइएको थियो । पार्टी महासचिवमा निर्वाचित भएसंगै जिनफिङले अरु पांच वर्षको चीनको नेतृत्व गर्ने निश्चित भएको छ । ६९ वर्षिय सी

पोलिटब्युरो स्टेण्डिङ कमिटीमा को को परे ?
आइतबार चिनियां कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्टेण्डिङ कमिटी चयन भएको छ । समितिमा ली कुयाङ, ली सी, डिंग सुसियाङ, काई कुई , वाङ हुनियाङ र झाओ लीजी चयन भएका छन् ।

अवकासमा परे यी नेता

बेइजिङमा शनिवार सम्पन्न चिनियां कम्युनिष्ट पार्टीको महाधिवेशनमा प्रधानमन्त्री लि कछयाङसहित केही केन्द्रीय नेता केन्द्रिय समितिबाटै बाहिरिएका छन् । बाहिरिने नेताहरुमा उपप्रधानमन्त्रीहरु वाङ याङ,हान झेङ, जनकांग्रेसका अध्यक्ष ली चान्सु र याङ जेचीलगायत छन् । उनिहरुमध्ये अधिकांशले उमेर हदका कारण अवकास पाएका हुन् ।

माओपछि शक्तिशाले बने सी
चीनमा २०१२ मा पार्टी महासचिव र २०१३ राष्ट्रपति बनेका सी जिनफिङ तेस्रो कार्याकालका लागि महासचिव बनेसंगै सर्वोच्च नेताका रुपमा उदाएका छन् । उनि महासचिव, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष समेत छन् । जवकी उनिभन्दा अघिका राष्ट्रपति हु जिन्ताओले यी सबै जिम्मेवारी पाएका थिएनन् ।

अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले सीलाई माओत्से तुङपछि सबैभन्दा शक्तिशाली चिनियां नेताका रुपमा उदाएको समाचार प्रकाशित गरेका छन् । पांच वर्षअघि भएको महाधिवेशनले ‘नयां युग सुहाउंदो चिनियां विशेषतासहितको समाजवादसम्बन्धी सी विचारधारा’ पारित गरेको थियो । यसपटक भने विधान नै संशोधन गरिएको छ । अव सीको विचारलाई पार्टी सिद्धान्त मानिनेछ । त्यसका साथै उनलाई पार्टीको केन्द्र मान्ने र नेतृत्वको रक्षा र विचारलाई पार्टीका सबै सदस्यले पालना गर्नुपर्नेछ ।

चीनमा माओ ८३ वर्ष र देङ ८५ वर्षसम्म नेतृत्वमा रहेका थिए । ६९ वर्षिय सी अहिले ६९ वर्षका भएका छन् । यसबाट पनि उनले चीनमा लामो समय नेतृत्व गर्न सक्ने धेरैको अनुमान छ ।

सी तेस्रो पटक महासचिव निर्वाचित भएसंगै चीन अझै आक्रामक भएर आउन सक्ने विश्लेषण हुन थालेको छ । उनले ताइवानलाई शान्तिपूर्ण रुपमा एकिकरण गर्न सक्ने चर्चा चलेको छ । चिनियां राष्ट्रपति सीले आवश्यक परे ताइवानलाई बलपूर्वक एकीकरण गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement