बल प्रयोग गरेर ताइवान लिने चिनियां राष्ट्रपतिको भनाई


एजेन्सी-  चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई लक्षित गर्दै देशको पूर्ण एकिकरण गर्ने दावी गरेका छन् । बेइजिङमा जारी चिनियां कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै उनले ताइवान प्रकरणबारे चुप लागेर नबस्ने संकेत दिए ।

सीले जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन् । पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन् । चिनियां राष्ट्रपतिले तेस्रो पटक निर्वाचित भएपछि ताइवानलाई चीनमा गाभ्न सक्ने चर्चा चलिरहंदा सीको यस्तो भनाई आएको हो ।

सीले शान्तिपूर्ण पूर्नएकीकरणको प्रयास भने जारी राख्ने भन्दै आवश्यक परे बल समेत प्रयोग गर्न सक्ने चेतवानी दिए । तर, ताइवानका देशभक्तहरुप्रति भने उनले सम्मान गर्ने बताए ।

‘हामी चीनलाई पूर्ण एकिकरण गर्नको लागि सबै उपाय अवलम्बन गर्छौ। बाहिरी शक्तिको हस्तक्षेप र ताइवानको ‘स्वतन्त्रता’ खोज्ने केही पृथकतावादीसंग भने हाम्रो लडाई जारी रहनेछ । तर, देशभक्तहरुको हितमा भने काम गरिनेछ । उनिहरुलाई सम्मान गरिनेछ । ’

उनले ताइवान प्रकरण चिनियां जनताको चांसोको विषय भएको भन्दै यसको समाधान समेत चीनले गर्ने बताए । चिनियां राष्ट्रपतिले हङकङ र मकाओका लागि एक मुलुक दुई व्यवस्था नै उत्तम व्यवस्था भएको भन्दै ती क्षेत्रहरुले उच्च स्वशासन प्राप्त गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement