राष्ट्रपति सीको दक्षिण एसिया भ्रमण आर्थिक विकास र क्षेत्रीय तनावलाई हल गर्नेमा केन्द्रित हुने


काठमाडौं– चिनियां राष्ट्रपति सी जिनफिङको भारत भ्रमणको टुंगो लागेको छ । भारतले चीनसंग सिमा जोडिएको अरुणाचल प्रदेशमा भारतिय सेनाको पुर्वी कमाण्डले ‘हिम विजयी’ नामको सैन्य अभ्यास गरेपछि भ्रमण प्रभावित हुन सक्ने बताइएको थियो । तर, भारतिय पत्रिका द हिन्दुको अनलाइन संस्करणमा भने चिनियां राष्ट्रपति सी को भारत भ्रमण यसअघि नै टुंगो लागेको मितिमा नै हुने समाचारमा उल्लेख छ । भारतिय उच्च स्रोतले सीको भ्रमणमा कुनै फेरबदल नभएको बताएका छन् । उच्चस्तरको भ्रमणपूर्व हिम विजयी सैन्य अभ्यासले राम्रो सन्देश नजाने भन्दै चिनियां पक्षले त्यसबारेमा भारतसंग चांसो राखिसकेको छ ।

बीबीसी हिन्दीले पनि चिनियां राष्ट्रपति अक्टोम्बर ११ तारिख दिउंसो डेढ बजे चेन्नई पुग्ने दाबी गरेको छ । भारत भ्रमणको क्रममा उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ममल्लापुरमा उनले दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको ममल्लापुरमा मोदीसंगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागित हुनेछन् ।

चिनियां राष्ट्रपतिले भारत भ्रमणका क्रममा उनले मोदीसंग इण्डो प्यासेफिक स्टाटेजी र क्वाडमा भारतको भूमिकाबारे समेत चांसो राख्नेछन् । चीनले कश्मिर प्रकरणलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गर्न भुमिका खेलेसंगै भारतले समेत क्वाडलाई प्राथमिकतामा राखेको । यसअघि सहसचिवस्तरीय वैठक हुने क्वाडमा यसपटकबाट विदेशमन्त्रीस्तरीय वैठक हुन थालेको छ । त्यसमा भारतको भुमिकाले काम गरेको विश्लेषण छ । न्युयोर्कमा केही साता अघि पहिलो पटक विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो ।

जस्को तस्बिर भारतिय विदेशमन्त्री एस जयशंकरले टिवटरमा सार्वजनिक गरेका थिए । क्वाडमा भारत,अष्ट्रेलिया,जापान र अमेरिका सदस्य छन् । चीनले क्वाड र इण्डोप्यासेफिक स्टाटेजी दुवै चीनलाई घेर्ने रणनीतिअन्र्तगत अघि सारेको रणनीति भएको भन्दै त्यसको विरोध गर्दै आएको छ ।

भारत भ्रमणमा निस्कनुअघि चिनियां राष्ट्रपतिले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसंग भेटवार्ता गर्नेछन् । यसबाट पनि चीनले दुवै छिमेकीसंग सन्तुलित सम्बन्ध राख्न खोजेको स्पष्ट देखिन्छ । कश्मिर मामलामा चीनले पाकिस्तानलाई साथ दिएको भन्दै भारत असन्तुष्ट छ । भारतले कश्मीरमा अनुच्छेद ३७० हटाएपछि खानको यो पहिलो चीन भ्रमण हो । खानले चिनियां नेतृत्वसंग अरबौं डलरमा लगानी संचालित चीन पाकिस्तान इकनोमिक कोरिडोर परियोजनाको दोस्रो चरणबारे छलफल गर्नेछन् ।

 चिनियां राष्ट्रपति सी र भारतिय प्रधानमन्त्री मोदीबीच अप्रिल २७–२८ मा चीनको वुहानमा अनौपचारिक वैठक भएको थियो । त्यसपछि चीन र भारतबीचका दोक्लाम सिमा बिवाद, द्धिपक्षिय हितका मुद्दा, क्षेत्रीय मुद्दा र विश्व राजनीतिका मुद्दामा समान धारणा बनाएर अघि बढ्ने सहमती भएको थियो ।

भारतको भ्रमण सकेर चिनियां राष्ट्रपति नेपाल भ्रमणमा आउने तयारीमा छन् । सरकारले भ्रमणको तयारी तिव्र रुपमा सुरु गरिसकेको छ । भारतको भ्रमण सकेर सी अक्टोम्बर १२ मा नेपाल आउने जानकारी चिनियां पक्षले गरेपनि दुवै देशको आधिकारीक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन् । चिनियां अधिकारीहरुले राष्ट्रपति सी को भ्रमणलाई टिपिकल साउथ एसिया ट्रिपको नामाकरण दिएका छन् । उनको भ्रमणले दक्षिण एसियाको आर्थिक र जनस्तरको सम्बन्धमा जोड दिने तथा क्षेत्रीय तनावलाई हल गर्न सघाउने पुग्ने विश्वास लिइएको छ ।

 

भारतले अरुणान्चलमा सैन्य अभ्यास गरेपछि चिनियां राष्ट्रपतिको भ्रमण प्रभावित हुन सक्ने

 

प्रतिक्रिया दिनुहोस
Advertisement