काठमाण्डु- विद्युतीय सवारी निर्माता एक्सपेङ-जी सिक्सले सन् २०२६ को पहिलो तीन महिनामा आफना इभी ब्रान्डका गाडी बिक्री गरेर विश्वव्यापी सफलता हासिल गरेको छ । कम्पनीले सात देशमा चिनियाँ नयाँ ईभी ब्रान्डहरूको सबैभन्दा धेरै बिक्री गरेर पहिलो स्थानमा पुगेको हो ।
कम्पनीले यसरी पहिलो स्थान ओगट्नुमा यसको मोडल मुख्य रहेको बताएको छ । यो गाडी आधुनिक प्रविधि, आरामदायी डिजाइन र स्मार्ट फिचरका कारण धेरै देशका ग्राहकहरूबीच लोकप्रिय बन्दै गएको छ । त्यसैले नेपालमा पनि एक्सपेङ जी सिक्स गाडीको माग बढीरहेको छ ।
एक्सपेङ नेपालले सन् २०२४ नोभेम्बर ९ मा काठमाण्डुमा पहिलोपटक जी सिक्स सार्वजनिक गरेको थियो । सार्वजनिक भएको पहिलो दिनमै २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको जनाएको छ । यो नयाँ इलेक्ट्रिक गाडीलाई आधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनका साथ बजारमा ल्याइएको हो ।
यो गाडीको मोडलको कुरा गर्नुपर्दा यसमा १९० किलो वार्ड को इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसमा ६६ किलो वार्डको व्याट्री क्षमता रहेको छ भने यसले करिब ४३५ किलोमिटर दुरी तय गर्न सक्छ ।
सामान्य चार्जरले पुर्ण चार्ज हुन करिब १० घण्टा लाग्छ । तर यदि फास्ट चार्जर प्रयोग गरयौ भने ३० प्रतिशत देखि ८० प्रतिशत चार्ज मात्र ३० मिनेटमा गर्न सकिन्छ । हाल नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा एक्सपेङले वातावरणमैत्री र स्मार्ट यातायातमा योगदान दिने लक्ष्य लिएको छ ।
कम्पनीले भविष्यमा अझ राम्रो सेवा र नयाँ प्रविधिसहित नेपाली बजारमा आफ्नो गाडीको विस्तार गर्ने जनाएको छ । समग्रमा एक्सपेङ जी सिक्सले स्मार्ट र दिगो यातायातको क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै विश्व बजारमा मजबुत उपस्थिति बनाइरहेको छ ।




प्रतिक्रिया