उपराष्ट्रपति यादव कतार प्रस्थान

उपराष्ट्रपति यादव कतार प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार अपराह्न कतार प्रस्थान गरेका छन् ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बिदाइ गरेका थिए । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन् । उनी असार ३२ गते स्वदेश फर्किनेछन् ।