काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सरकारले तत्काल नोटबन्दी गर्नुपर्ने माग गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले ३५ वर्षदेखि देशमा भ्रष्टाचार र अनियमितताबाट आर्जन गरिएको कालो धन नियन्त्रण गर्न नोटबन्दी आवश्यक रहेको बताएका हुन्।
उनले विगतमा देश लुटेर जम्मा गरिएको भनिएको कालो धन सरकारले जफत गरी बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए।
न्यौपानेले भने, ३५ बर्ष देखि देश लुटेकाहरुले राखेको कालो धनका कारण आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतको विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामीलाई थाहा छ यो पैसा कालो धन हो यो लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न ठाउँमा गरेको सुनिएको छ । त्यसैले नोटबन्दी गर्नुपर्यो सरकारले ।’
‘तत्काल यी नोटहरु सरकारले लिएर बैंकीङ प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो रुप परिवर्तन गरेर । यी भ्रष्टचारीले लुकाएको पैसा खरानीमा परिणत गरौं । देशमा सुशासन ल्याउन रोक्ने यीनीहरुको योजना सफल हुन नदिऔं । भारतबाट केही सिकौं । भारतले पनि यस्ता नोट बन्द गरेको थियो ।’ उनले भने ।




प्रतिक्रिया