रास्वपा सांसद न्यौपानेको विपक्षीलाई जवाफ-सरकार पीडितलाई मलमपट्टी गरिरहेको छ

रास्वपा सांसद न्यौपानेको विपक्षीलाई जवाफ-सरकार पीडितलाई मलमपट्टी गरिरहेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको कप्तानगञ्जको घटनामा विपक्षी सांसदहरूले सरकारसँग जवाफ माग गरेको बेला सत्तारुढ दल रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकार पीडितलाई मलमपट्टी गरिरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद न्यौपानेले सरकारले घटनाका घाइतेहरूको मल्हमपट्टी गर्दै गरेको दाबी गरे ।

‘कताकता सुनियो, सरकार कहाँ छ ? सम्माननीय सभामुख महोदयमार्फत म जानकारी गराउँछु, सरकार मलमपट्टी गर्दै छ ।

सरकार उपचारमा तल्लिन छ । सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकलाई भन्दै छ’, उनले भने ।

उनले घटना नहोस् भनेर रातको १२ बजेसम्म त्यही क्षेत्रमा आफूहरू रहेको पनि दाबी गर्दै प्रश्न गरे, ‘तर तपाईंहरू कहाँ हुनुहुन्थ्यो ? संसदमा आएर सरकारको ध्यानाकर्षण मात्रै होइन । जवाफदेहिताले यो देशको साम्रदायिकता र सामाजिक सद्भाव कायम रहन्छ भन्नेतर्फ हामीले स्पष्ट हुन पर्छ ।’

उनले जात, वर्ण, लिंगका आधारमा उचाल्ने वा पछार्ने काम नगर्न आग्रह गरे । राजनीतिक उद्देश्य पूरा गर्न भित्रभित्रै केही गर्न लागेको देखिएको उनको आरोप छ ।