काठमाण्डु – नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले शहरी यातायातमा सौन्दर्य थप्ने गरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ ।
मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रंगहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल–स्कूटर इभोलुसन’को अवधारणासँग मेल खाने र यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउने इन्टरप्राइजेजले जनाएको छ ।
इन्टरप्राइजेजले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ, ‘रे जेड आर १२५ स्ट्रिट र्याली एफआई हाइब्रिड बलियो एयर कूल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा सञ्चालित छ, जसले दक्षता र रोमाञ्चक सवारीको लागि नयाँ मानक स्थापना गर्दछ । यस स्कूटरलाई यसको ग्राउन्डब्रेकिङ ‘स्वचालित स्टप र स्टार्ट प्रणाली’ले अरुभन्दा फरक बनाउँछ, जो इन्जिन निष्क्रिय हुनबाट जोगाउन बुद्धिमानीपूर्वक बनाइएको हो । यसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउँछ । एकल थ्रोटल ट्विस्टको साथ निर्वाध रूपमा रि–स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्यांकन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरहरूलाई प्रदुषणरहित र प्रभावकारी यात्रा प्रदान गर्दछ ।’
नयाँपनमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको र एक बेग्लै पारम्परिक इलेक्ट्रिक स्टार्टर विना नै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्ने इन्टरप्राइजेजले जनाएको छ । ‘एक स्कुटर मात्र नभएर रे जेड आर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड यामाहाको पर्फर्मेन्समा कुनै सम्झौता नगरी दीगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो । नवीन सुविधाहरूले भरिएको यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइटहरू र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् । स्पोर्टी डिजाइनमा समावेश ब्रश गार्ड आकर्षणका लागि मात्र नभई यसले राइडरलाई आउँदै गरेको वायुप्रवाहबाट सुरक्षित राख्दै एथलेटिसिज्मको स्पर्श समेत थप्छ । कडा मेटल प्लेट र फराकिलो ब्लक ढाँचाका टायरहरूद्वारा परिष्कृत यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिङ र सुधारिएको माइलेज सुनिश्चित गर्दछ । स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक पनि छ । २१ लिटर क्षमताको अण्डर–सीट स्पेस, मल्टी फंक्सन स्विच, दुई–स्तरको सिट र पास स्विचको साथमा यसले स्टायल, आराम र कार्यक्षमताका लागि डिजाइन गरिएको पूर्ण सवारीको प्याकेज प्रदान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
एमएडब्लू टू ह्वीलर्स डिभिजनका अधिकारीहरूका अनुसार रे जेड आर स्ट्रिट र्याली १२५ एफआई हाइब्रिड नविनता र दिगोपनप्रति यामाहाको प्रतिबद्धताको प्रमाण हो । कम्पनीले भनेको छ, ‘यो बहुप्रतिक्षित स्कुटर नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौं । यसले राइडरहरूलाई यातायातको माध्यम मात्र नभई शक्ति, शैली र सुरक्षाको संयोजन प्रदान गर्दै हाम्रा मूल्यवान ग्राहकहरूलाई अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ प्रष्ट्याउँछ ।’
प्रतिक्रिया